पोखरामा लागूऔषधसहित तीन जना प्रकाउ
पाेखरा | फागुन १४, २०८०
पोखरा: पोखराको विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । प्रहरीले शनिबार चाउथेबाट २ जना र छोरेपाटनबाट एक जनालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।
पोखरा महानगरपालिका–१४ चाउथेबाट पोखरा ५ मालेपाटन बस्ने ३५ वर्षीय दिपेश श्रेष्ठ र पोखरा ८ बगालेटोल बस्ने ३३ वर्षीय आशिष बैठानलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ४ सय ३२ पिस नाईट्रोभ्याट, २ थान मोबाईल र ग ३ प ८४०१ नम्बरको मोटरसाईकल बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले तीन जनाको साथबाट बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी
यस्तै प्रहरीले पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट ताप्लेजुङ घर भई पोखरा ७ फेवामार्ग बस्ने ३८ गुरुङलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।
प्रकाउ परेका गुरुङको साथबाट ब्राउनसुगर जस्तो देखि ६ ग्राम ५ सय मिलिग्राम, १ केजी गाँजा, १५ ग्राम चरेश र लागूऔषध तौल गर्न प्रयोग गर्ने डिजिटल तराजु प्रहरीले बरामद गरेको छ ।
प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

